२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

यस्ता व्यक्तिले पिउनु हुन्न कागती पानी


बिर्तामोड, जेठ २६ । कागतीमा प्रचुर मात्रामा भिटामिन सी हुन्छ, जुन स्वास्थ्यका लागि हरेक हिसाबले फाइदाजनक मानिन्छ । गर्मीमा मानिसहरु हरेक दिन कागती पानी पिउन रुचाउँछन् । कागती पानी तौल घटाउनदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै प्रभावकारी हुन्छ ।

तौल घटाउन बिहान खाली पेटमा कागती मिसाएर मनतातो पानी पिउने मानिसहरु धेरै छन् । तर, सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि कागती पानी सबैलाई उपयुक्त हुँदैन ।

कागती पानीले कतिपयलाई फाइदाको सट्टा घाटा हुन थाल्छ । यससँगै पेटसँग सम्बन्धित धेरै समस्याहरू पनि हुन थाल्छन्। आउनुहोस् विस्तारमा जानौं, कस्ता व्यक्तिहरूले खाली पेटमा कागती पानी पिउनु हुँदैन ?

कागती कसले खानु हुँदैन ?

जसलाई एसिडिटीको समस्या हुन्छ । तिनीहरूले कागती खानु हुँदैन। दाँत संवेदनशीलता भएका मानिसहरूले पनि कागती धेरै प्रयोग गर्नु हुँदैन। मृगौला रोग छ भने पनि कागती पानी खानइरहनु हुँदैन । यस बाहेक कागती धेरै खानु पनि हड्डीका लागि खतरनाक पनि हुनसक्छ ।

एसिडिटी बढ्छ

खाली पेटमा कागती पानी पिउनाले एसिडिटीको समस्या बढ्न सक्छ । एसिडिटीको समस्या भएका व्यक्तिले खाली पेटमा कागती पानी पिउनु हुँदैन । कागतीमा साइट्रिक एसिड बढी हुन्छ । जसले एसिडिटी थप बढाउँछ । खासगरी खाली पेटमा कागती पानी पिउनाले एसिडिटीका बिरामीलाई हानी पुर्याउन सक्छ ।

दाँतको क्षति

दैनिक कागती पानी पिउँदा दाँतको समस्या हुन सक्छ। यसको मुख्य कारण कागतीमा पाइने एसिड हो । यसले दाँतमा संवेदनशीलता बढाउँछ। जसका कारण दाँतलाई जोगाउने इनामेल पनि कमजोर हुन्छ । यदि पहिले नै दाँत कमजोर छ भने त्यस्ता व्यक्तिले सकेसम्म कागती पानी पिउनु हुँदैन ।

हड्डी कमजोर हुन सक्छ

दिनहुँ कागती पानी पिउने मानिसहरूलाई फाइदा भन्दा बढी हानि हुने सम्भावना हुन्छ। कागतीमा एसिड हुन्छ, जुन हड्डीका लागि राम्रो होइन । हड्डी कमजोर भएका व्यक्तिले कागती पानी पिउँदा धेरै ध्यान दिनुपर्छ ।

मृगौलामा प्रभाव

मृगौलाको समस्या भएकाहरूले खाली पेटमा कागती पानी पिउनु हुँदैन । यसले मृगौलालाई दबाब दिन्छ। जसका कारण स्वास्थ्यमा धेरै समस्या आउन सक्छ । मिर्गौलाको पुरानो रोग भएका व्यक्तिले पनि कागती पानी पिउनु हुँदैन । – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer