
बिर्तामोड, जेठ २७ । झापाको अर्जुनधारा नगरपालिका-१ स्थित ठुलो नेते खोलाले एउटा ट्याक्टर बगाएको छ।

शनिबार दिउँसो करिब साढे ४ बजे अचानक खोलामा आएको बाढीले ट्याक्टर बगाएको हो ।

खोला तर्दै गरेको ट्याक्टर बगाए पनि कुनै मानवीय क्षति नभएको स्थानीयले बताएका छन्।

