बिर्तामोड, जेठ २७ । बैंकिङ कसुर मुद्दामा १६ लाख रुपैयाँ जरिवाना र एक महिना कैद सजाय भएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका वडा नं. ५ का ४० वर्षीय विष्णु कुमार (पाचकोटी) दर्जी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा जिल्ला अदालतको मिति २०८०–१२–१४ गतेको फैसला अनुसार फरार रहेका प्रतिवादीलाई प्रहरीले आज (आइतबार) पक्राउ गरेको हो ।
पक्राउ गरिएका उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिवादी दर्जीले पिडित राहत कोषमा ६४ हजार रुपैयाँ क्षतिपुर्ति जम्मा गर्नुपर्ने प्रहरीले जनाएको छ ।