२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधाराका ४६५ विद्यार्थीलाई शैक्षिक सामग्री


बिर्तामोड, जेठ २८ । झापाको अर्जुनधारा नगरपालिकाका दुईवटा सामुदायिक विद्यालयमा अध्ययनरत ४६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

अर्जुनधारा-९ को कालिस्थान माध्यमिक विद्यालय र अर्जुनधारा–१० को सिंहबाहिनी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

मनराम हिमालय हेन्डिक्रयाफ्ट प्रालि अन्तर्गत लायन्स मनोरम प्रतिष्ठान २००५ को आर्थिक सहयोगमा अर्जुनधारा नगरपालिकाले ती विद्यालयमा तीन लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको हो ।

कालिस्थान माविका ३३५ जना विद्यार्थीलाई एक हजार ७०३ थान कापी, २७५ वटा पेन्सिल, ११० वटा सार्पनर, ११० वटा इरेजर र ९ सय वटा डटपेन वितरण गरिएको छ ।

सिंहबाहिनी आविका १३० जना विद्यार्थीलाई ५६६ थान कापी, ५०० वटा पेन्सिल, २०० वटा सार्पनर, २०० वटा इरेजर र १५० वटा डटपेन वितरण गरिएको छ ।

अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा–१० का वडा अध्यक्ष भूपेन्द्र न्यौपाने, मनराम अन्तर्गतको लायन्स क्लवका संस्थापक राजेन्द्रकुमार श्रेष्ठ र कम्पनीका प्रतिनिधि वसन्त पौडेलले संयुक्त रुपमा उक्त विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको नगरप्रमुखका प्रेस संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।

उक्त संस्थाले झापा, इलाम, पाँचथर, धनकुटा, संखुवासभा लगायतका जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत शैक्षिक सामग्री वितरण गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer