२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा पहिलोपटक मेहरमान कभर्ड हलमा ब्याडमिन्टन प्रशिक्षण सुरु


बिर्तामोड, जेठ २९ । झापाको बिर्तामोडमा पहिलोपटक मेहरमान बहुउद्देश्यीय कभर्ड हलमा ब्याडमिन्टनको प्रशिक्षण सुरु भएको छ ।

विभिन्न विधाका राष्ट्रियस्तरका ब्याडमिन्टन प्रतियोगिताहरु सञ्चालन भइसकेको सो कभर्ड हलमा आजदेखि औपचारिक रुपमा प्रशिक्षण सुरु भएको हलका अध्यक्ष दिलेन्द्रकुमार कार्कीले जानकारी दिए ।

भारत गुजरातको बि २१ स्पोर्टस प्रालिको ब्रान्ड ‘ब्याडमिन्टन २१ एकेडेमी’ सँगको साझेदारीमा मेहरमानमा विभिन्न समूहमा प्रशिक्षण सुरु भएको हो ।

प्रशिक्षणका लागि भारतका पूर्वराष्ट्रिय खेलाडी वरदान तिवारी बिर्तामोड आइसकेका छन् । तिवारीले मेहरमानमा प्रशिक्षणसमेत सुरु गरेको हलका सचिव मदन खड्काले जानकारी दिए ।

बिर्तामोड क्षेत्रमा बालबालिका तथा किशोरकिशोरीलाई खेलकुदका माध्यमबाट परिचित गराउँदै खेलाडी उत्पादनमा सहयोग गर्न प्रशिक्षणको थालनी गरिएको अध्यक्ष कार्कीले बताए ।

हाल प्रशिक्षक तिवारीसँग प्रशिक्षण लिन १३ जना उमेर समूहका खेलाडी भर्ना भइसकेका छन् । मेहरमान ब्याडमिन्टन क्लबले कम्तिमा ५० जना खेलाडीलाई प्रशिक्षण योजना बनाएको छ ।

तीनवटा कोर्ट रहेको हलमा केही समयमै दुईवटा कोर्ट थप्ने तयारी भइरहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसमेत रहेका सचिव खड्काले बताए ।

कभर्ड हलमा ८ वर्षमाथिका बालबालिकालाई प्रशिक्षण दिने जनाएको छ । हलले आधारभूत, भेट्रान र सुपर गरेर तीन विधामा प्रशिक्षण दिनेछ । त्यसका लागि मासिक तीन हजार, चार हजार र छ हजार रुपैयाँ प्रशिक्षण शुल्क लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer