२०८१ असार १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

ग्रिन फिल्ड वर्ल्डमा लागुऔषध दुर्व्यसन र बालश्रमविरुद्ध सचेतना प्रशिक्षण


बिर्तामोड, जेठ ३० । झापा बिर्तामोडको ग्रिन फिल्ड वर्ल्ड स्कुलमा कार्यशाला गर्दै दुई दिने लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

आज भएको कार्यक्रममा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनविरुद्ध र बालश्रमविरुद्ध सचेतना प्रशिक्षण दिइएको थियो ।

पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो ।

झापा टुडे मिडिया प्रालिको आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रमको पहिलो दिन हिजो बिर्तामोड-१ मा रहेका वाल्मीकि एजुकेसन फाउन्डेसन र मनकामना सेकेन्डरी स्कुलका विद्यार्थीहरुबीच कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा ग्रिन फिल्ड वर्ल्डबाट ११० जना, वाल्मीकिबाट १७१ जना र मनकामनाबाट १४३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

आज भएको समापन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड वडा नम्बर १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे र ग्रिन फिल्ड वर्ल्ड स्कुलकी निर्देशक मनिषा बस्नेतले कार्यक्रम उपलब्धिमुलक भएको बताएका थिए ।

झापा टुडेका अध्यक्ष तथा सम्पादक हिमाल खरेलको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक नरेश लिम्बूले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन झापा टुडेकी निर्देशक तथा समाचार प्रमुख विनिशा शर्माले गरेकी थिइन् ।

कार्यक्रमपछि विद्यार्थीहरु लुना ओली र सोफिया प्रसाईंले यस्ता कार्यक्रमले आफूहरुमा धेरै ज्ञान प्राप्त भएको अनुभव सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer