२०८२ कात्तिक २७ बिहीबार
Jhapa Today
Adv top

असार ३ गते सोमबार सार्वजनिक विदा


बिर्तामोड, जेठ ३२ । इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा असार ३ गते सोमबारका दिन सरकारले सार्वजनिक विदा दिने भएको छ। शुक्रबार गृह मन्त्रालयको राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सार्वजनिक विदा दिने निर्णय भएको सूचना जारी गरेको हो।

सूचनामा भनिएको छ, ‘नेपाल इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का दिन सार्वजनिक विदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सबैलाई जानकारी गराइन्छ।’

बक्र इद पर्व इस्लाम धर्मालवम्बीहरूका लागि रमजानपछिको दोस्रो ठूलो चाड हो। यस पर्वमा अल्लाहलाई खुसी पार्न उनीहरूको धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन्।

Adv footer