२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डके पोलिक्लिनिकमा रिलायन्स फाइनान्स र कृषि सहकारीका सदस्यहरुलाई छुट


मेचीनगर, असार १ । झापाको चारआलीमा रहेको बिएन्डके पोलिक्लिनिकमा रिलायन्स फाइनान्स लिमिटेड र सब्जी मन्डी तथा कृषि सहकारीका सदस्यलाई छुटको सुविधा सुरु भएको छ ।

पोलिक्लिनिकका सञ्चालक शिवसञ्जन यादवका अनुसार रिलायन्स फाइनान्स लिमिटेड र सब्जी मन्डी तथा कृषि सहकारीका सदस्यलाई बेड अथवा प्रोसिड्युरमा १५ प्रतिशत, ल्याबमा १० प्रतिशत र औषधिमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको हो ।

मेचीनगर–१३ इलामरोड, चारआलीमा रहेको यस पोलिक्लिनिकमा दैनिक विशेषज्ञ डक्टरहरुको सेवासहित अत्याधुनिक प्रविधिको पोलिक्लिनिक रहेको यादवले बताए ।

चारआली आसपासका बिरामीहरुलाई मध्यनजर गरेर सञ्चालित यस क्लिनिकमा बुधबारे, सहरेडाँगीदेखि बिरामीहरु डक्टर भेट्न आउने गरेका छन् । दैनिक विशेषज्ञ डक्टरहरुको सेवासहित अत्याधुनिक प्रविधिको सेवा आफ्नै ठाँउमा रहेको छ ।

पोलिक्लिनिकमा चौबीसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, एक्सरे, भिडियो एक्सरे, अक्सिजन, मनिटर, प्रयोगशाला, फार्मेसी, निबुलाइजेसन र डेन्टल सेवा उपलब्ध रहेको सञ्चालक यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer