२०८१ असार ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

दमक नगर खेलकुद विकास समितिलाई पूर्णता


दमक, असार १ । दमक नगरपालिकाको मातहतमा रहेको दमक नगर खेलकुद विकास समितिले पूर्णता पाएको छ । खेलकुद विकास समितिका अध्यक्ष भीमराज केसीले विधानअनुसार कार्यसमितिलाई पूर्णता दिएका हुन् ।

विस्तारित समितिको उपाध्यक्षमा ताराप्रसाद अधिकारी, सदस्य सचिवमा युवा तथा खेलकुद शाखाका प्रमुख प्रवीण खड्का र सदस्यहरुमा मोहन मगर, भीष्म उप्रेती, पूर्णध्वज आङदेम्बे, रेशा लिम्बू, केशर मगर, अनिश खनाल, जितु धिमाल र निरज निरौला रहेका छन् ।

विस्तारित समितिमा विभिन्न खेलकुद अग्रज खेलाडीहरुलाई मनोनित गरिएको छ । नगरपालिकाले केसीलाई नगरस्तरीय खेलकुद समितिको जिम्मेवारी दिए पनि समितिले पूर्णता पाउन सकेको थिएन ।

यसैबीच, कार्यसमिति विस्तार गरिएलगत्तै नगरप्रमुख रामकुमार थापाको उपस्थितिमा समितिको पहिलो बैठक बसेको अध्यक्ष केसीले बताए ।

समितिलाई गतिविधिमुलक ढंगले थप क्रियाशील गरिने योजना रहेको अध्यक्ष केसी बताउँछन् । दमकमा केही वर्षयता खेलकुदका गतिविधि सुस्त भएपछि स्थानीय खेलाडीहरुले खेलकुद समितिसँग चर्को असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer