२०८१ असार ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाईमा विद्युतीय शवदाह गृह बन्ने


बिर्तामोड, असार २ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याएको बजेटमा झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको प्रदेशको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले जानकारी दिएका छन् ।

कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीय स्तरबाट माग उठ्दै आएको थियो । २०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer