२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरमा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न


मेचीनगर, असार २। मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न भएको छ ।

मेचीनगरका पत्रकारहरुलाई लक्षित गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरको सभाहलमा भएको आज दोस्रो दिनको तालिमको सहजीकरण पत्रकार जीएन शर्माले गरेका थिए ।

समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले पत्रकारसँग जनताले धेरै अपेक्षा गरेको बताउँदै राम्रा–नराम्रा दुवैलाई समेटेर सबै क्षेत्रमा कलम चलाउन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशिक्षक ज्ञानेन्द्र निरौला, पत्रकार अम्बिका भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सहभागीका तर्फबाट प्रविण अधिकारी, मनिषा गौतम, नेहाल दर्जी र प्रिया तामाङले तालिम अत्यन्तै प्रभावकारी भएको बताउँदै आगामी दिनमा पनि यस्ता तालिमको आयोजना गर्न आग्रह गरेका छन् । तालिममा ३० जना भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सचिव प्रकाश पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer