२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर’ प्रतियोगिता हुने


बिर्तामोड, असार ३ । झापाको बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर २०८१’ प्रतियोगिता हुने भएको छ ।

आयोजक बिर्तामोड स्नुकरले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता तयारीका बारेमा जानकारी दिएको हो ।

असार १५ गतेदेखि बिर्तामोडमा सुरु हुने नेपाल मास्टर्स स्नुकर प्रतियोगितामा कोशी प्रदेशबाट ८ जना र झापाबाट ८ जना, नेपालका टप १६ राष्ट्रिय स्नुकर खेलाडीसहित ३२ जना खेलाडीको सहभागिता रहने बिर्तामोड स्नुकरका प्रकाश लिङदेनले जानकारी दिए ।

लिङदनेका अनुसार प्रतियोतिामा प्रथम हुने खेलाडीलाई २ लाख, दोस्रोलाई ८० हजार, हाइयस ब्रेकरलाई ५०, म्याक्सिमम ब्रेकरलाई एक लाख ४७ हजार र सेमिफाइनलमा प्रवेश गर्नेलाई २०÷२० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । लिङ्देनले हालसम्म नेपालमा म्याक्सिमम ब्रेकर कोही पनि नभएको बताए ।

प्रतियोगिताका लागि अनुमानित १२ लाख रुपैयाँ खर्च हुने र स्थानीय खेलप्रेमी, सामाजिक संघसंस्थासहित आयोजकले नै खर्च ब्यहोर्ने आयोजक संस्थाले जनाएको छ ।

स्नुकर खेल अन्तर्राष्ट्रियस्तरमा निकै चर्चित खेल भए पनि नेपालमा भने खासै चर्चा नभएकोले उक्त प्रतियोगिताले खेलप्रेमीमा चिनाउने लिङदेनले बताएका छन् ।

पत्रकार सम्मेलनमा आयोजक संस्था बिर्तामोड स्नुकरका तर्फबाट खेम बुढाथोकी, नवल अग्रवाल, चित्रप्रकाश राईलगायतले स्नुकर खेलका बारेमा आआफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन आशा गुरुङले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer