२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

तेस्रो आदर्श च्यालेञ्ज कपको बचत पाँच लाख २१ हजार


बिर्तामोड, असार ६ । बुधबारेको आदर्श युवा क्लबले आयोजना गरेको तेस्रो आदर्श च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको आयव्याय सार्वजनिक गरेको छ ।

क्लबले बिहीबार बुद्वशान्तिमा पत्रकार सम्मेलन गरेर आम्दानी खर्च सार्वजनिक गरेको हो । क्लबले बैशाख १५ गतेदेखि २२ गतेसम्म प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा भारतका दुईसहित आठवटा टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा ३० लाख ५२ हजार ७८८ रुपैयाँ आम्दानी तथा २५ लाख ३० हजार ८६६ रुपैयाँ खर्च भएको खेल आयोजक समितिका संयोजक मनेष दाहालले जानकारी दिए । उनले ५ लाख २१ हजार ९२२ रुपैयाँ बचत भएको जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न २२ लाख रुपैया खर्च हुने अनुमान रहेको भए पनि मैदान व्यवस्थापन तथा आयोजक टिमको व्यवस्थापनमा अपेक्षाभन्दा धेरै खर्च भएको उनले बताए ।

दाहालले प्रतियोगितामा सहयोग गर्ने स्थानीय तह, दाताहरुलाई धन्यवाद दिएका छन् । आगामी दिनमा अझ भव्य ढंगले अर्को संस्करण आयोजना गर्ने उनले बताए ।

क्लबका अध्यक्ष मातृका श्रेष्ठले क्लबका सम्पूर्ण पदाधिकारी तथा सदस्यको लगावका कारण प्रतियोगिता उत्कृष्ट भएको बताए । उनले बचत भएको रकम सामाजिक कार्यमा खर्च गर्ने बताए ।

उनले फुटबल तालिम केन्द्र सञ्चालन गरिरहेको जानकारी दिँदै भविष्यमा यहाँबाट उत्पादन भएका खेलाडीले नेपालको प्रतिनिधित्व गर्दे अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer