२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

नगरप्रमुख महताराले गरिन् खोरको अनुगमन


बिर्तामोड, असार ६ । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा निर्माण गरिएका बाख्राको खोरहरुको अनुगमन गरिएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंले शेर्मा टोलमा पुगेर नगरपालिकाको सहयोगमा निर्माण गरिएका बाख्राका खोरहरुको अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा नगरप्रमुख प्रसाईंले खोरलाई अझै व्यवस्थित बनाउन सबैलाई सुझाव दिइन् ।

बिर्तामोड नगरपालिकाले मेयर पकेट प्याकेज कार्यक्रमअन्तर्गत बाख्रापालनका लागि प्रतिकृषक समूह ४५ वटाका दरले बाख्रा, बिउ बोका, खोर निर्माणका लागि प्रतिखोर ३५ हजार रुपैयाँ, बाख्राको बीमा, खोप, सिजनको घाँस र औषधि उपचारमासमेत सहयोग गर्दै आएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ यता ६७५ वटा बाख्रा, १५ वटा बोयर जातका बोका वितरण र २२५ वटा खोर निर्माण गरेको छ ।

त्यस्तै, नगरपालिकाले मेयर पकेट प्याकेज कार्यक्रमअन्तर्गत नै १३ वटा समूहलाई ३९० वटा बंगुरका पाठा र १३ वटा बिर वितरण गरेको छ । नगरले बंगुरपालनका लागि १९५ वटा खोर निर्माण गरिदिएको छ ।

खोर अनुगमनमा नगरप्रमुखसँगै पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, सबइन्जिनियर दिपेश निरौला र स्थानीय समाजसेवी तथा सन्देश बंगुरपालन समूहकी अध्यक्ष आइतमाया शेर्माको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer