२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बच्चाको झुठ बोल्ने बानी छुटाउने उपाय


बिर्तामोड, असार ७ । आमाबुवाको सबैभन्दा ठुलो जिम्मेवारी हुन्छ सानो बच्चालाई राम्रा कुरा सिकाउने । यसले बच्चा ठुलो भएर एउटा राम्रो र असल मानिस बन्छ । तर, कहिलेकाहीँ आमाबुवा धेरै कडा हुँदा वा डरको कारण बच्चाले झुट बोल्ने वा कुरा लुकाउन थाल्छन् ।

तपाईंको बच्चाले पनि यस्तै गर्छ भने यस्तो बानी हटाउन केही टिप्स अपनाउन सकिन्छ ।

तपाईंको बच्चा धेरै नै झुठ बोल्छ भने उसको अगाडि आमाबुवा पनि कुनै प्रकारको झुठ बोल्नु हुँदैन । यसले बच्चामा नराम्रो असर पर्दछ ।

कयौँपटक बच्चाले यसकारणले पनि साँचो कुरा बोल्दैनन् किनकि हरेक कुरामा उनीहरुलाई गलत ठह¥याइन्छ । त्यसैले, बच्चाको झुठ बोल्ने बानी सुधार्न चाहनुहुन्छ भने हरेक कुरामा बच्चाको गल्ती निकाल्न बन्द गर्नुहोस् ।

साना बच्चाले जे देख्यो त्यो एकदमै छिटो सिक्छन् । यस्तोमा उनीहरुको अगाडि प्रेमपूर्वक कुरा गर्नुपर्दछ । उनीहरुलाई झुठो कुरा गरेर भुलाउने पनि गर्नु हुँदैन ।

तपाईंले बच्चालाई प्रेमपूर्वक व्यवहार गर्नुभयो भने उसले सबै कुरा भन्न डराउँदैन । जसले गर्दा उसको झुठ बोल्ने बानी कम हुँदै जान्छ ।

बच्चाको सानोसानो कुरालाई बेवास्ता गर्नु हुँदैन । किनकि उनीहरुले तपाईंलाई नै आफ्नो हिरो मानिरहेका हुन्छन्, जसले गर्दा हरेक प्रश्नको जवाफ तपाईंबाट चाहन्छन् ।

यदि बच्चाले कुनै झुठ बोलिरहेको छ भने के कारणले त्यस्तो बोलिरहेको छ भन्ने जान्न कोसिस गर्नुहोस् । त्यस्तो बेलामा उसलाई साँचो बोलेपछि आफूले पनि राम्रो व्यवहार गर्नेबारे बताउनुहोस् ।

यदि बच्चाले कुनै गल्ती गरेर लुकाउने प्रयास गरेको छ भने उसलाई राम्रोसँग फकाउनुहोस् । गल्ती सबैबाट हुने तर, यसलाई लुकाउनु गलत कुरा भएको बताउनुहोस् । अबदेखि गल्ती नगर्ने कोसिस गर्नेछु भनेर उसलाई सिकाउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer