२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा नेपालको सदस्य संख्या पौने दुई लाखनजिक


बिर्तामोड, असार ७ । कारोबार, सदस्य संख्या र पुँजीको हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी सहारा नेपाल साकोसको सदस्य एक लाख ७२ हजार पुगेका छन् ।

संस्थाका कार्यकारी प्रमुख मेहन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाले आज सार्वजनिक गरेको संस्थाको २०८१ जेठ महिनाको प्रगति विवरणअनुसार सहाराका शेयर सदस्य १ लाख ७२ हजार १९२ जना पुगेका हुन् ।

त्यस्तै, संस्थाको सेयर पुँजी १ अर्ब ६७ करोड ९२ लाख, जगेडा कोष १ अर्ब २४ करोड २ लाख, कुल बचत १२ अर्ब ५७ करोड १६ लाख, लगानी १० अर्ब ९५ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, संस्थागत पुँजी १ अर्ब २७ करोड ७६ लाख (७.७४ प्रतिशत) र विभिन्न कोषमा ५२ करोड ४० लाख रहेको छ । संस्थासँग ३३.६२ प्रतिशत तरलता रहेको छ । संस्थाबाट ७० हजार १३० जनाले कर्जा लिएका छन् ।

नेपालका ३१ हजार ३६३ सहकारीमध्ये झापा बिर्तामोडको सहारा नेपाल साकोस नेपालको सबैभन्दा ठुलो सहकारी संस्था हो । कुल सम्पत्तिको आधारमा पनि सहारा उत्कृष्ट एकमा छ ।

२०८१ जेठ मसान्तसम्मको विवरणअनुसार संस्थाको कुल सम्पत्ति १६ अर्ब ४९ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

संस्थागत अवस्थाको वित्तीय विवरणअनुसार सहाराको बाह्य ऋण १० महिनायता शून्य छ । संस्थाले २०८० भदौ महिनामै बाह्य ऋणलाई शून्यका झारेको संस्थाका कार्यकारी प्रमुख गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer