२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मानवअधिकार प्रतिष्ठान झापाको नयाँ समिति


बिर्तामोड, असार ९ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाको अध्यक्षमा तोयानाथ काफ्ले चयन भएका छन् । संगठनको बिर्तामोडमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले नयाँ समिति चयन गरेको हो ।

प्रतिष्ठानको उपाध्यक्षहरुमा सरस्वती भुर्तेल खनाल, भवानीप्रसाद लुइँटेल र धर्मानन्द सिटौला, सचिव दिनेश आचार्य, उपसचिव पदम कुँवर र कोषाध्यक्षमा चन्द्रविनोद कोइराला चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा चन्द्रा पौडेल, लक्ष्मीप्रसाद मैनाली, विष्णुप्रसाद चुँडाल र नरेन्द्र खवास रहेका छन् ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गोपिकृष्ण भट्टराईको अध्यक्षता तथा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष रुपक खनालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि खनाल, मानव अधिकार रक्षक परिषदका कोशी प्रदेश संयोजक विष्णु खरेल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नारी सञ्चार गृहकी अध्यक्ष रेजना रोदनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सरस्वती भुर्तेल खनालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन तोयानाथ काफ्लेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer