२०८१ असार १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पानी पसेपछि बिर्तामोडका २५ पसलमा लाखौँको क्षति


बिर्तामोड, असार ११ । हिजो रातिको भारी वर्षाले झापा बिर्तामोडका दुई दर्जनभन्दा धेरै पसलहरुमा क्षति पुगेको छ ।
बिर्तामोडको विशाल मार्केट र प्रसाईं मार्केटका २५ वटा पसलमा पानी पसेपछि बिक्रीका लागि राखिएका सामग्रीहरुमा क्षति पुगेको हो ।

विशाल मार्केटका १८ र प्रसाईं मार्केटका आठवटा पसलमा पानी पसेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिए ।

उनका अनुसार पसलमा पानी पसेपछि हरेक व्यवसायीहरुलाई २० हजारदेखि डेढ लाखसम्म क्षति पुगेको छ । कपडा, जुत्ता, धागो, कस्मेटिक पसलहरुमा क्षति पुगेको महासचिव खतिवडाले जानकारी दिए ।

पानीले क्षति पुगेपछि नगरपालिकालाई जानकारी गराइएको खतिवडाको भनाइ छ । ड्रेन जाम भएकाले पानी निकास नहुँदा पसलहरुमा पानी पसेको बताइएको छ । उनले सबै व्यवसायीहरुलाई क्षतिको विवरण जानकारी गराउन आग्रह गरेको बताए ।

अविरल वर्षापछि व्यवसायीहरुको व्यापारस्थलमा पानी जम्दा आज दिनभरको व्यापार प्रभावित भएको वाणिज्य संघका सदस्य शत्रुघनप्रसाद गुप्ताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer