२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

फुलबासा खोलामा डुबेर एक नाबालकको मृत्यु


मेचीनगर, असार १२ । झापाको मेचीनगर नगरपालिका १४ को फुलबासा खोलामा डुबेर मंगलबार साँझ एक नाबालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बामरा सन्थालका २० महिनाको छोरा रिहान भएको प्रहरी चौकी चारआलीले जनाएको छ । घरबाहिर खेल्दै गरेका रिहान एकाएक हराएका थिए ।

खोज्ने क्रममा रिहानको शव स्थानीयले फुलबासा खोलामा तैरिरहेको अवस्थामा देखेका थिए । रिहानलाई खोलामा देखेर स्थानीयले बामरा परिवारलाई खबर गरेका थिए । उद्दार गर्दा रिहानको मृत्यु भइसकेको थियोे ।

घटनास्थल मगमग चाउचाउ उद्योगपछाडि रहेको प्रहरीले जनाएको छ । रिहान खेल्ने क्रममा त्यहाँ पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer