२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कचनकवलमा गोमनले डस्दा बालिकाको मृत्यु


बिर्तामोड, असार १२ । झापाको कचनकवलमा गोमन सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ ।

झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३ गंगाबस्तीका हरि राजवंशीकी छोरी अन्दाजी १३ वर्षीया मनिषा राजवंशीको सर्पले डस्दा मृत्यु भएको हो ।

मंगलबार घरमा बसिरहेको समयमा उनलाई गोमन सर्पले डसेको झापा प्रहरीले जनाएको छ । उनलाई बनियानीको सर्पदंस उपचार केन्द्रमा प्राथमिक उपचार गरिएको थिय‍ो ।

उनको अवस्था गम्भीर भएपछि थप उपचाारका लागि बिर्तामोड ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer