२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सुरुंगाको प्यारागन एकाडेमीमा यस वर्षदेखि कक्षा ११ को पढाइ हुने


बिर्तामोड, असार १२ । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ को प्यारागन एकाडेमीले यस वर्षदेखि कक्षा ११ को अध्यापन गराउने भएको छ ।

पूर्वप्राथमिक तहदेखि कक्षा १० सम्म यसअघि सञ्चालन भएको प्रविधि र पूर्वाधारयुक्त सो विद्यालयले व्यवस्थापन समूहमा कम्प्युटर विज्ञानको अध्यापन गराउने पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

विद्यालयकी संस्थापक तथा सञ्चालक समितिकी अध्यक्ष चम्पा खनाल सुवेदीले कनकाई नगरपालिकाको निजी विद्यालयतर्फ अब्बल प्यारागन एकाडेमीले कक्षा ११ मा पनि अध्ययन अध्यापन गराउने बताइन् ।

‘एसइइको रिजल्ट आएलगत्तै विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ,’ उनले भनिन् । विद्यालयले कक्षा ११ सञ्चालनका निमित्त सबै तयारी पूरा गरेको छ । कक्षा सञ्चालनका लागि नगरपालिकाले अख्तियारी दिएको अध्यक्ष सुवेदीले बताइन् ।

विद्यालयका प्रिन्सिपल दिपक भट्टराईले व्यवस्थापन समूहतर्फ विद्यार्थीले सामाजिक र कम्प्युटर विज्ञानमध्ये एक अध्ययन गर्न पाउनेछन् । सामाजिक र गणित विषयमध्ये एक अध्ययन गर्न पाउनेछन् ।

एसइइमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई विद्यालयले विशेष छुटको पनि व्यवस्था गरेको छ । विद्यालय प्रशासनका अनुसार एसइइ परीक्षामा ३.६ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीलाई मासिक शुल्कमा ७५ प्रतिशत छुट दिइनेछ ।

त्यस्तै, ३.२ देखि ३.६ सम्म जिपिए ल्याउने विद्यार्थीले मासिक शुल्कमा १० प्रतिशत छुट पाउने जानकारी विद्यालय प्रशासनले दिएको छ ।

यस विद्यालयको प्रभावकारी व्यवस्थापन, उच्च गुणस्तरीय शिक्षा र समर्पित शिक्षकहरूका कारण यसले विभिन्न विधामा उत्कृष्ट हुने गौरव प्राप्त गरेको इतिहास रहेको विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले बताए ।

उनले ब्रिटिश काउन्सिलले प्यारागन एकाडेमीलाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (आइएसए) प्रमाणपत्र प्रदान गरेको जानकारी दिए । यो साल एसइइमा ५८ जना विद्यार्थी सहभागी भएका र उत्कृष्ट नतिजा आउने सिटौलाले आशा व्यक्त गरे ।

विद्यालयका शैक्षिक संयोजक सीएन भण्डारीले विद्यालयले दिनानुदिन गुणस्तरीय शिक्षा प्रदान गर्ने लोकप्रिय शैक्षिक संस्थाको रूपमा प्रगति गर्दै गएको र कक्षा ११–१२ मा पनि सोही इतिहासलाई कायम राख्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer