२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बाह्रदशी उद्योग वाणिज्य संघ अध्यक्षमा कार्की


बिर्तामोड, असार १२ । बाह्रदशी उद्योग वाणिज्य संघको अध्यक्षमा खगेन्द्रबहादुर कार्की पुनः चयन भएका छन् ।

संघको दोस्रो अधिवेशनबाट कार्की पुनः अध्यक्षमा चयन भएका हुन् । बाह्रदशी गाउँपालिकामा रहेका व्यवसायीहरुले २०७२ सालमा कार्कीको अध्यक्षतामा संघ स्थापना गरेका थिए । संस्थापक अध्यक्ष समेत रहेका कार्की दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा रेणुका भुर्तेल, सचिवमा जयनारायण आचार्य र कोषाध्यक्षमा कृष्ण थापा चयन भएका हुन् ।
समितिको सदस्यमा पदम गिरी, लोकनाथ संग्रौला, जयबहादुर बुढाथोकी, सुशीला राजवंशी, धर्म उप्रेती, दुर्गा राउत, गायत्रीकुमारी साह, डम्बरराज थापा र टंकबहादुर रसाइली रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईं, उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेल, बाह्रदशी गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष टंक साह, नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटा, राजगढ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद दुलाल, प्रेम घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

घनेन्द्र ढकालको संयोजकत्वमा गठित निर्वाचन समितिले पदाधिकारीको नाम घोषणा गरेको थियो । बाह्रदशी उद्योग वाणिज्य संघमा २४० जना व्यवसायी आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer