बिर्तामोड, असार १२ । झापाको बिर्तामोडस्थित उज्यालो चारपाने बाल क्लबको अध्यक्षमा एलिजा भट्टराई चयन भएकी छन् ।
बाल क्लबको प्रथम अधिवेशनबाट निदि माध्यमिक विद्यालय रामचोककी भट्टराई अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।
क्लबको उपाध्यक्षमा भने चारजनाको उम्मेदवारी परेपछि निर्वाचन प्रक्रियाबाट वीर अमरसिंह माध्यमिक विद्यालयकी जेसिका पौडेल निर्वाचित भएकी छन् ।
त्यस्तै, सचिवमा देवकुल माध्यमिक विद्यालयकी आरोही उप्रेती, सहसचिवमा बालकल्याण माध्यमिक विद्यालयकी स्नेहा मिश्र र कोषाध्यक्षमा मोहनमाया माध्यमिक विद्यालयका शोभित उप्रेती सर्वसम्मत चयन भएका छन् ।
क्लबको सदस्यहरुमा विनिशा गोस्वमी, स्नेहा रसाइली, राहुल राजवंशी, गृसिका चौधरी, स्नेहा लिम्बू, रक्षा तिम्सिना, सन्ध्या न्यौपाने र कुशल निरौला चयन भएका छन् ।
नवगठिति समितिको आज बसेको बैठकले साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका निशान भट्टराईलाई उपाध्यक्षमा मनोनित गरेको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर २ भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई समावेश गरेर क्लब गठन गरिएको हो ।
यसअघि क्लबका अध्यक्ष एलिना तिम्सिनाको अध्यक्षतामा भएको उद्घाटन समारोहको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेल रहेका थिए ।
अधिवेशनको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पौडेलले बालबालिकालाई लगानी गर्न वडा सधैँ तयार रहेको बताए । उनले कुनै पनि बालबालिकालाई पढ्नबाट वञ्चित हुन नदिन बाल क्लबको भूमिका महत्वपूर्ण रहने बताए ।
क्लबकी अध्यक्ष तिम्सिनाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको उद्घाटन समारोहमा स्वागत क्लबकी कोषाध्यक्ष एलिजा भट्टराईले गरेकी थिइन् ।