२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा अर्गानिक उत्पादन र अन्तर्राष्ट्रिय बजारीकरणसम्बन्धी प्रशिक्षण


बिर्तामोड, असार १२ । झापामा कृषक तथा व्यवसायीहरुलाई अर्गानिक उत्पादन तथा ती उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

नेपालमा उत्पादन अर्गानिक विधिबाट कृषिवस्तु उत्पादन गर्न र ती वस्तुलाई प्रक्रियागत ढंगबाट अन्तर्राष्ट्रिय बजारमा पुर्याउन र त्यसबाट उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न सहयोग पुर्याउने उद्देश्यले प्रशिक्षण प्रदान गरिएको हो ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रको आयोजना र अर्गानिक एसोसिएसन नेपाल, ललितपुरको संयोजनमा झापाका ३० जनाभन्दा बढी उद्यमी तथा कृषकलाई क्षमता अभिवृद्धि प्रशिक्षण प्रदान गरिएको हो । कार्यक्रममा महिला उद्यमी तथा कृषकको सहभागिता उल्लेख्य थियो ।

झापाको बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टको हलमा यही असार ८ गते सुरु भएको प्रशिक्षण आज बुधबार सम्पन्न भएको छ ।

तालिममा विषयविज्ञ शंकर गुरुङ र अर्गानिक एसोसिएसन नेपालकी महासचिव शान्ता बाँस्कोटाले प्रशिक्षण दिएका थिए । बाँस्कोटा पाँचथरको अर्गानिक चिया उत्पादक कञ्चनजंघा टि इन्डस्ट्रिजकी प्रबन्ध निर्देशक पनि हुन् ।

महिला उद्यमी उमा शिवाक¬¬ोटीले सहजीकरण गरेको तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं, आयोजक व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, उपनिर्देशक सिद्धिचरण दाहाल, अर्गानिक एसोसिएसन नेपालकी महासचिव बाँस्कोटालगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer