२०८१ चैत्र २६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको एसइइः ४७.३७ प्रतिशत उत्तीर्ण


बिर्तामोड, असार १३ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) झापाका ७ हजार ३२५ जना परीक्षर्र्थी उत्तीर्ण भएका छन् । अर्थात ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए ।

एसइइमा झापाबाट कुल १५ हजार ४६२ जना परीक्षर्थी सहभागी थिए । ८ हजार १३७ जना विद्यार्थी नन ग्रेडिङ (असफल) मा परेका छन् ।

दुई विषयमा अनुत्तीर्ण परीक्षर्थी समेत नन ग्रेडिङमा गणना गर्दा ८ हजार १३७ जना असफल भएका हुन् । तीमध्ये दुई विषयमा फेल भएका उनीहरुले साउन १८ र १९ गते मौका परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।

झापामा ३.४ देखि ४ जिपिएसम्म ल्याउने ७४७ जना, ३.२ देखि ३.६ सम्म ल्याउने २ हजार ४५८ जना, २.८० देखि ३.२० सम्म ल्याउने २ हजार ९७२ जना, २.४० देखि २.८० सम्म ल्याउने १ हजार १०३ जना र २.० देखि २.४० सम्म ल्याउने ४५ जना रहेका छन् ।

Adv footer