मेचीनगर, असार १३ । मेचीनगरस्तरीय वतृत्वकलामा धुलाबारी माविकी दिव्या राय प्रथम भएकी छन् । उपाधिसँगै उनले नगद १० हजार १२५ पाइन् ।
दलित समन्वय समिति मेचीनगरको आयोजनामा आज भएका वतृत्वकलाको अन्तिम चरणमा धुलाबारी माविकी दिव्या राय प्रथम भएकी हुन् ।
ओसेनिक निर्माण अंग्रेजी माविका ऋदम दुलाल दोस्रो र सरस्वती बाल कल्याण माविकी प्रोसिमा घिमिर तेस्रो भइन् । दुलालले ७ हजार १२५ रुपैयाँ र र घिमिरे ५ हजार २५० रुपैयाँ, मेडल र प्रमाणपत्र पाए ।
मेचीनगर–८ मा रहेको आदर्श माविमा भएको फाइनलमा तीन चरणको छनोटबाट उत्कृष्टका रुपमा छानिएका १२ जना प्रतिस्पर्धी सहभागी थिए ।
प्रतियोगिताको छनोट चरणमा नगरका संस्थागत तथा सामुदायिक ३४ विद्यालयका ६३ विद्यार्थी सहभागी रहेका थिए ।
निर्णायक भूमिकामा प्राध्यापक प्रेमसागर घिमिरे, पूर्वशिक्षक राजकुमार विश्वकर्मा र सञ्चारकर्मी सुष्मा राजवंशी रहेका थिए ।
मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेचीनगर शिक्षा शाखा प्रमुख होमराज भण्डारी, मेचीनगर वडा नम्बर ८ का वडा अध्यक्ष गिरीराज धमला, आदर्श माविका प्रधानाध्यापक कृष्ण पुरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी अध्यक्ष रिता परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी परियारले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन शिक्षक जिआर धितालले गरेका थिए ।