२०८१ असार १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एसइइमा कुशिका बस्नेत ‘झापा टप’


  • -विनिशा शर्मा

दमक, असार १३ । २०८० को माध्यमिक शिक्षा परीक्षामा झापाको कमल गाउँपालिकाकी कुशिका बस्नेतले ४ जिपिए ल्याएकी छन् । झापाबाट एसइइमा ४ जिपिए ल्याउने उनी मात्र हुन् ।

कमल-५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट एसइइ दिएकी थिइन् । उनी सो विद्यालयमा कक्षा २ देखि पढ्न थालेकी कुशिकाका बुवा कुमारले झापा टुडेलाई बताए ।

कक्षा १ सम्म पाडाजुँगीकै स्टार बोर्डिङमा पढेकी कुशिकालाई आफूहरुले कहिल्यै पनि ‘पढ् छोरी’ भनेर भन्नु नपरेको बुवा कुमारले बताए ।

छोरीको परीक्षाफल सुनेर भावुक बनेका उनी मेची सहकारीको कर्मचारी हुन् भने कुशिकाकी आमा तुलसा बस्नेत पाडाजुँगीको लगनशील सहकारीमा काम गर्छिन् ।

‘छोरीको रिजल्टले गर्व महसुस गराएको छ’, कुमारले झापा टुडेसँग भने, ‘रिजल्ट सम्झिँदा खुसीले असहज भइरहेकोजस्तो भइरहेको छ ।’

बुझ्ने भएदेखि नै आफू एमबिबिएस पढ्छु भन्ने कुशिकालाई जसरी भए पनि चिकित्सा शिक्षा पढाउने बुवाआमाको इच्छा छ । कुशिका कुमार र तुलसा बस्नेतकी एक मात्र सन्तान हुन् ।

२०६५ साउन ४ गते जन्मिएकी उनले एकपटक सेन्ट जेभियर्स कलेजमा प्रवेश परीक्षा दिने र नभए आफूले एसइइ उत्तीर्ण गरेको सिद्धार्थमै पढ्ने बताइन् ।

यसैबीच, बिर्तामोडको वाल्मीकि एजुकेसन फाउन्डेसनकी सिम्रन भुसालले ३.९५ जिपिए ल्याएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer