२०८१ असार १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एसइइमा शिवसताक्षी: शुक्र माविको नतिजा शून्य, जनआदर्शबाट एकजना मात्र उत्तीर्ण


दमक, असार १४ । झापाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदायिक विद्यालयको २०८० को एसइइको नतिजा शून्य आएको छ ।

नतिजाअनुसार चन्द्रडाँगीको शुक्र माविको परीक्षाफल शून्य आएको हो । शिवसताक्षी-७ को सो विद्यालयबाट एसइइमा २० जना परीक्षार्थी सहभागी थिए ।

त्यस्तै, जनआदर्श मावि, शिवगञ्जबाट एकजना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । ५१ जना सहभागीमध्ये ५० जना अनुत्तीर्ण भएका छन् । जनआदर्श नगरको एक मात्र नमुना विद्यालय हो ।

लालपानी मावि, लालपानीबाट दुईजना मात्र उत्तीर्ण भएका छन् । सो विद्यार्थीबाट एसइइमा ३४ जना सहभागीमध्ये ३३ जना उनुत्तीर्ण भए ।

नगरका एक प्राविधिकसहित १३ वटा माध्यमिक विद्यालयका विद्यार्थीले २०८० को एसइइ दिएका थिए । नगरका १३ विद्यालयबाट ६७० विद्यार्थीले एसइइ दिएकोमा २०९ जना उत्तीर्ण भएका छन् ।

सबैभन्दा उत्कृष्ट नतिजा राष्ट्रिय रमणीय आदर्श माविले ल्याएको छ । सो विद्यालयबाट ९४ जना विद्यार्थी सहभागी भएकोमा ६० जना अर्थात ६३. ८३ प्रतिशत उत्तीर्ण भएका छन् ।

त्यस्तै, लक्ष्मी नारायण मावि, धरमपुरबाट ४० जना सहभागीमध्ये १८ जना, भानु मावि, लालझोडाबाट ८५ जना सहभागीमध्ये ३७ जना, भगवती मावि, ब्याँङडाँडाबाट ६२ जना सहभागीमध्ये २२ जना, बालनिकुञ्ज मावि, आँपटारी माइधारबाट ८२ जना जना सहभागीमध्ये २८ जना उत्तीर्ण भएका छन् ।

त्रिभुवन मावि, पाँचगाछीबाट ५२ जना जना सहभागीमध्ये १३ जना, मोती मावि, मंगलबारे धरमपुरबाट ४७ जना सहभागीमध्ये ९ जना, झिलझिले मावि, झिलझिलेबाट ५९ जना सहभागीमध्ये ११ जना, भानु मावि पाराबारी धरमपुरबाट ४४ जना सहभागीमध्ये ८ जना उत्तीर्ण भएका छन् ।

प्राविधिक धारतर्फ भानु मावि लालझोडाबाट ४७ जना सहभागीमध्ये ३७ जना उत्तीर्ण भएका छन् । शिवसताक्षीमा सबैभन्दा बढी पाँचवटा माध्यमिक विद्यालय वडा नम्बर ५ मा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer