दमक, असार १४ । झापाको शिवसताक्षीमा रहेको जनआदर्श मावि नमुना विद्यालय घोषणा गरिएको नगरको एक मात्र विद्यालय हो ।
तर, त्यही नमुना विद्यालयको एसइइको नतिजा भने झन्डै शून्य भएको छ । शिवगञ्जको सो विद्यालयबाट एकजना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।
२०२५ सालमा स्थापना भएको सो विद्यालयबाट ५१ जना सहभागीमध्ये ५० जना अनुत्तीर्ण भएका छन् । जनआदर्श नगरको एक मात्र नमुना विद्यालय हो ।
जनआदर्श माध्यमिक विद्यालय ४ वर्षदेखि नमुना विद्यालयको रूपमा सञ्चालित छ । नेपाल सरकारले एक स्थानीय तहमा नमुना विद्यालय प्रस्ताव गरेपछि विभिन्न कार्यक्रमहरू सो विद्यालयमा सञ्चालन हुने गरेको छ ।
पहिलो वर्ष १ करोड ५० लाख, दोस्रो वर्ष १ करोड ३५ लाख र तेस्रो वर्ष एक करोड ५० रुपैयाँ नेपाल सरकारले त्यस विद्यालयमा लगानी गरेको छ ।