२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कचनकवलका पाँच विद्यालयको एसइइ नतिजा शून्य


भद्रपुर, असार १४ । २०८० को एसइइमा झापाको कचनकवल गाउँपालिकाकाका पाँचवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।

कचनकवल गाउँपालिकाको शिक्षा शाखाका अनुसार बुद्ध मावि घेराबारी, लक्ष्मी मावि बनियानी, जानकी मावि बालुबाडी, शिव मावि बालुबाडी र मोती माविको नतिजा शून्य आएको छ ।

बुद्ध माविबाट १४० जना, लक्ष्मी माविबाट ९६ जना, मोती मावि (साधारण) बाट ३८ जना, जानकी मावि र शिव माविबाट १३ जना परीक्षार्थी एसइइमा सहभागी थिए ।

त्यस्तै, महेन्द्ररत्न माविबाट २८ जना सहभागीमध्ये एकजना मात्र उत्तीर्ण भएका छन् । मोती मावि (प्राविधिक) डाँगीबारीबाट १७ जना सहभागी परिक्षार्थीमध्ये २ जना उत्तीर्ण भए ।

पथरिया माविबाट ५५ जना सहभागीमध्ये १८ जना उत्तीर्ण भएका छन् । लक्ष्मी मावि सुकुनाडिगीबाट ११५ मध्ये १३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसैबीच, संस्थागततर्फ विद्या निकेतन माविले पालिकाकै उत्कृष्ट नतिजा निकालेको छ । विद्यालयमा अध्ययनरत छात्रा स्वक्षा भट्टराईले ३.७८ जिपिएसहित पलिका उत्कृष्ट नतिजा हात पारेकी हुन् ।

कचनकवल गाउँपालिकामा निजी तथा सामुदायिक गरी १६ वटा मावि एसइइमा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer