२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बैंकिङ कसुर मुद्दामा भागिरहेका मेचीनगरका तिवारी पक्राउ


बिर्तामोड, असार १४ । झापा प्रहरीले बैंकिङ कसुर मुद्दामा भागिरहेका एक व्यक्तिलाई पक्राउ गरेर कारागार पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर ४ का ३४ वर्षीय लुसन तिवारी रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ १० गतेको फैसलापछि भाग्दै आएका उनी आज पक्राउ परेका हुन् ।

तिवारीलाई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

अदालतको आदेशपछि उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

उनलाई २० दिन कैदसँगै २७ लाख रुपैयाँ जरिवाना र एक लाख आठ हजार रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गर्न अदालतले आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer