२०८१ असार १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका धमला र गुप्ता सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष र सदस्यमा निर्वाचित


बिर्तामोड, असार १६ । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष र सदस्यमा झापा बिर्तामोडका व्यवसायी निर्वाचित भएका छन् ।

असार १५ गते भएको महासंघको चौथो महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला) र केन्द्रीय सदस्यमा रजकुमार गुप्ता निर्वाचित भएका हुन् ।

आइतबार बिहान आएको मतपरिणाम अनुसार सुशान्त ज्वेलर्सका सञ्चालक धमला तृतीय उपाध्यक्षमा २४३ मत प्राप्त गर्दै विजयी भए । त्यस्तै, राज ज्वेलर्सका सञ्चालक गुप्ता लोकप्रिय मतका साथ विजयी भए ।

संघको झापा समितिको लगातार तीन कार्यकाल अध्यक्ष, कोशी प्रदेशको अध्यक्ष तथा केन्द्रीय सदस्य भइसकेका धमला र झापाको एक कार्यकाल अध्यक्ष र केन्द्रीय सदस्य भइसकेका गुप्ता दुवैजना सुनचाँदी व्यवसायीहरुको हकहितका लागि सधैँ लडिरहेका व्यवसायी हुन् ।

आम व्यवसायीबीच लोकप्रिय उनीहरुले न्याय, समानता, समावेशी र गतिशील महासंघको लागि चुनावी माहोलमा होमिएको बताएका थिए ।

चौथो महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा चितवनका अर्जुन रसाइली विजयी भए । धमला र गुप्ता रसाइली प्यानलबाटै उम्मेदवार थिए । रसाइलीले विपेन्द्र रामुदामु विपिनलाई १३५ मतले हराए । धमलाले मनोजकुमार शाहलाई ५६ मतले हराए ।

असार १५ गते दिउँसो २ बजेदेखि दिउँसो ४ः३० बजेसम्म भएको निर्वाचनमा ४३५ जना प्रतिनिधिहरुले मतदान प्रक्रियामा भाग लिएका थिए । महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरु रहेका थिए ।

चुनावमा महोल बनाउन तथा प्रचारप्रसारमा बिर्तामोडका व्यवसायी पनि काठमाडौँ पुगेका थिए । रमेश विकको नेतृत्वका सुनचाँदी व्यवसायी संघका २० जनाभन्दा बढी सदस्य चुनावमा गएका थिए ।

त्यस्तै, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुमार भट्टराई, पूर्वउपाध्यक्ष सञ्जीव घिमिरे, छठ समाज सेवा समितिका पूर्वअध्यक्षसहितको टिम काठमाडौँ पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer