२०८१ असार १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा स्थानीयलाई सशस्त्र प्रहरीको हेल्मेट प्रहार


बिर्तामोड, असार १६ । झापाको दक्षिणी सीमावर्ती पालिका झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले स्थानीय व्यापारीलाई हेल्मेटले हानेका छन् ।

हेल्मेट प्रहारबाट झापा-४ भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ । नाक र मुख फुटेर रगताम्य भएका उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

आज दिउँसो पन्थापाडा र सुकुमबासी बस्तीको बीचमा सशस्त्र प्रहरी जवानले झापा ४ का वडा अध्यक्ष मोहमद ताहिरकै अगाडि हबिबुल्लाहलाई धकेल्दै हेल्मेट प्रहार गरेका थिए ।

वडा अध्यक्ष ताहिरका अनुसार हबिबुल्लाहका भाइ विदेश जाने भएपछि आफ्नो कपडा पसल स्थानीय व्यापारी निर्मल मर्डीलाई बिक्री गरेका थिए । मर्डी सोही पसलका कपडा लिएर मोटरसाइलमा रहेका बेला सशस्त्र प्रहरीले रोकेर सोधपुछ गरेका थिए ।

मर्डीले कपडाका बारेमा विस्तृत बताए पनि प्रहरीले बील मागेपछि वडा अध्यक्ष ताहिर र हबिबुल्लाहलाई बोलाएका थिए । हबिबुल्लाहले कपडाको बील देखाए पनि प्रहरीले मानेनन् ।

बरु उल्टै वडा अध्यक्ष ताहिरलाई ‘तिमी को हो, समान छोड् देऊ’ भन्ने भन्दै हप्काउन खोजेको ताहिरले झापा टुडेलाई जानकारी दिए ।

त्यही बेला सशस्त्र प्रहरी जवानले हबिबुल्लाहलाई धकेलेका थिए । प्रतिक्रिया स्वरुप हबिबुल्लाहले पनि प्रहरीलाई धकेलेका थिए । त्यस क्रममा हबिबुल्लाहमाथि हेल्मेट प्रहार भएको वडा अध्यक्ष ताहिरले जानकारी दिए ।

यसैबीच, सशस्त्र प्रहरीले भने सुरुमा वडा अध्यक्ष ताहिरले सादा पोशाकमा रहेका प्रहरीमाथि लात्ती प्रहार गरेको जनाएको छ । एकजनाले लिएको भिडियोमा ताहिरले ती जवानलाई लात्ती हानेको देखिन्छ ।

त्यस्तै, मर्डीले ल्याएको कपडाका विषयमा सशस्त्र प्रहरीको कार्यालयमा गएर कुराकानी गर्न भनिए पनि स्थानीयहरु नमानेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer