२०८१ असार १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेशस्तरीय पौडीमा भाग लिने झापाका खेलाडीको विदाइ


बिर्तामोड, असार १६ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय पौडी प्रतियोगितामा भाग लिने झापाका खेलाडीको विदाइ गरिएको छ ।

अर्जुनधारा-६ मा रहेको गामस्ता स्पोर्टस हबमा आज झापा जिल्ला खेलकुद विकास समितिले कार्यक्रमको आयोजना गरेर पौडी खेलाडीको विदाइ गरेको हो ।

झापाका खेलाडीले पौडीका तीनवटै विधा फ्रि स्टाइल, ब्याक स्ट्रोक र बट्टरफ्लाइका विभिन्न दूरीमा प्रतिस्पर्धा गर्ने र प्रशिक्षकमा अनुज गुरुङ रहेको समितिका कार्यालय प्रमुख विष्णु नेम्वाङले बताए ।

असार ११ गते भएको छनोट प्रतियोगिताबाट २५ जना खेलाडी छानिएका छन् । असार १७ गते इटहरीमा हुने प्रतियोगिताका लागि झापाबाट १० जना पुरुष र पाँचजना महिला खेलाडीलाई जितको शुभकामनासहित विदाइ गरिएको हो ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको विदाइ कार्यक्रममा धुलाबारी जेसिजका अध्यक्ष मञ्जील रसाइलीको प्रमुख आतिथ्यता रहेको थियो ।

पौडीको टिम झापा
पुरुषतर्फ
प्रदियुज भण्डारी, एलेक्स मगर, अनुज चौधरी, हाकिम बस्नेत, आर्यन बस्नेत, ग्रिदिप खरेल, प्रनिस चेम्जोङ, शुभम चम्लागाईं, शुभाशिष सुवेदी, कविर आचार्य, पल्लव श्रेष्ठ, मनिष पोखरेल, अनुप पुडासैनी, अजय कार्की ।

महिलातर्फ
तपस्वी काफ्ले, मनिषा प्रधान, आनन्दिता श्रेष्ठ, प्रमिसा मगर, रिहाना मगर र रोजी गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer