२०८१ असार १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

एसइइका अनुत्तीर्णलाई पढाउन त्रिविका विद्यार्थी परिचालन गरिने


बिर्तामोड, असार १६ । एसइइ ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुने सामुदायिक विद्यालयका विद्यार्थीलाई पढाउन त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विद्यार्थीलाई परिचालन गरिने भएको छ ।

त्यसको लागि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई सहजीकरण गर्न पत्राचार गरेको छ ।

आगिंक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई एसइइका अनुत्तीर्ण (नन ग्रेडेड) लाई पढाउनका लागि सहजीकरण गर्न अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।

सामुदायिक विद्यालयका अंग्रेजी, विज्ञान, गणितका विद्यार्थी र निजी विद्यालयका नेपाली तथा सामाजिक शिक्षा विषयमा कक्षा सञ्चालन गर्न सहयोग गर्न पत्राचार गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको साथी सिकाइ कार्यक्रमलाई विश्वविद्यालयमार्फत सञ्चालन गर्न भन्दै मन्त्रालयले विश्वविद्यालयलाई पत्राचार गरेको छ ।

त्यस्तै, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि ग्रेड वृद्धि परीक्षालाई लक्षित गरी रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत तीन विषय गणित, अंग्रेजी र विज्ञानको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

बिहीबार प्रकाशित एसइइको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer