२०८१ असार १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स बिर्तामोड लेडी अध्यक्षमा इन्दिरा, लियो अध्यक्षमा दीक्षा


बिर्तामोड, असार १६ । लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लबको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ ।

एक कार्यक्रमका बीच आज बिर्तामोडमा दुवै क्लबको संयुक्त पद हस्तान्तरण र ग्रहण भएको हो । वर्ष २०२४–२५ का लागि चयन भएका अध्यक्षलाई अघिल्लो वर्षका अध्यक्षले विधिवत पद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड लेडी वर्ष २०२३–२४ की अध्यक्ष निरु उप्रेती ओलीले वर्ष २०२४–२५ की अध्यक्ष इन्दिरा प्रसाईं खरेललाई पद हस्तान्तरण गरेकी थिइन् ।

त्यस्तै, लियो क्लब अफ बिर्तामोडी लेडी वर्ष २०२३–२४ की अध्यक्ष प्रशंसा घिमिरेले वर्ष २०२४–२५ की अध्यक्ष दीक्षा कडरियालाई पद हस्तान्तरण गरेकी थिइन् ।

अध्यक्ष ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव संगीता चिमरियाले गरेकी थिइन् । दुवै क्लबका अध्यक्षले समितिलाई पूर्णता दिनेछन् ।

कार्यक्रममा प्रमुख अतिथि कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट चिफ सत्यनारायण शर्मा, नीरजकुमार ओली, एरिया चिफ उर्मिला बिमली खरेल, जोन चियर पर्सन नम्रता ढकाल, पूर्वअध्यक्ष दुर्गा पाठक थपलिया लगायत लेडी र लियो क्लबका सदस्यको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer