२०८२ बैशाख ९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा ‘फ्लोर’ को डिजिटल बजार सुरु


बिर्तामोड, असार १७ । ‘फ्लोर’ मार्केटप्लेसले असार १४ गतेबाट बिर्तामोडमा आफ्नै डिजिटल बजार सुरु गरेको छ ।

‘जे चाहिन्छ, फ्लोरमा पाइन्छ’ भन्ने उद्घोषका साथ आफ्नो सेवा सुरु गरिएको हो । फ्लोरको एपबाट आवश्यक सामानहरु खरिद गर्न सकिने छ ।

खरिद गरेको सामान तुरुन्त घरमै डेलिभरी गरिने कम्पनीले जनाएको छ । फ्लोरबाट विभिन्न विधाका सामग्रीहरु किन्न सकिनेछ ।

खानाका विभिन्न आइटमहरु, आफूलाई मन परेको शुद्ध शाकाहारी तथा मांसाहारी, रेस्टुरेन्ट, क्याफेबाट अर्डर गर्न मिल्ने, शुद्ध शाकाहारी रेस्टुरेन्ट, क्याफे, घरायसी आवश्यक ग्रोसेरी आइटम्स, फलफूल तथा सागसब्जी, माछामासु, लताकपडा फ्लोरबाट किन्न सकिने संस्थापक बिनिता निरौलाले बताइन् ।

त्यस्तै, अचार, मह, पुजा सामग्री, मोबाइल, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, एसेसरिज, हार्डवेयरका विभिन्न सामानहरु, जुत्ताचप्पल, किड्स वेअरलगायत अन्य धेरै सामानहरु फ्लोरबाट किन्न सकिने निरौलाले बताइन् ।

उनले सामान अर्डरमा कुनै लिमिट नरहेको र आफूले चाहेअनुसार खरिद गर्न मिल्ने बताउँदै चाँडै रात्रिकालिन डेलिभरी पनि सुरु हुने जानकारी दिइन् ।

‘फ्लोर’ ले पहिलो चरणमा कोशी प्रदेशका मुख्य सहरहरु दमक, इटहरी, धरान र विराटनगरमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । साथै, नेपालभरिबाट फ्लोरमा आफ्नो पसल खोल्न सकिने संस्थापक निरौलाले जानकारी दिइन् ।

Adv footer