२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

एसइइकी झापा टप कुशिकालाई केपी ओलीको बधाई


बिर्तामोड, असार १७ । २०८० को एसइइमा झापा टप भएकी कमल गाउँपालिकाकी कुशिका बस्नेतलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यसमेत रहेका ओली आज बिहान आफ्नो फेसबुक पेजमार्फत बस्नेतलाई बधाई ज्ञापन गरेका हुन् ।

ओलीले लेखेका छन्, ‘दमककी यी नानी कुशिका बस्नेतलाई यस वर्षको एसइइ परीक्षामा गृहजिल्ला झापामा प्रथम स्थान हासिल गरेकोमा बधाई छ ।’

बस्नेत ओलीको निर्वाचन क्षेत्रकी हुन् । कमल–५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट एसइइ दिएकी थिइन् ।

बस्नेतले ४ जिपिए ल्याएकी छन् । झापाबाट एसइइमा ४ जिपिए ल्याउने उनी एक मात्र विद्यार्थी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer