२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

सत्यधामका विद्यार्थीलाई लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा भोजन


बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले आफ्नो कार्यकालको सुरुवात संस्कृत आश्रमका विद्यार्थीलाई खाना खुवाएर गरेको छ ।

अर्जुनधारा-९ मिलनचोकमा रहेको सप्तऋषि गुरुकुल संस्कृत वेद विद्याश्रम, सत्यधाममा रहेका विद्यार्थीहरुलाई हंगर रिलिफ (भोकालाई राहत) कार्यक्रमअन्तर्गत एक छाक भोजन गराइएको हो ।

क्लबको वर्ष २०२४/२५ को पहिलो कार्यक्रमअन्तर्गत मञ्जु उप्रेती नेतृत्वले सत्यधाममा भोजन गरेको हो । भोजन कार्यक्रममा सत्यधामका ७० जना विद्यार्थीहरुलाई क्लबले सोमबार बिहानको खानाको व्यवस्था गरेको थियो ।

क्लबकी अध्यक्ष मञ्जु उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जोन चियर पर्सन पार्वता गिरी, सत्यधामका अध्यक्ष आचार्य होमनाथ खनाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा क्लबकी पूर्वअध्यक्ष अञ्जु पाण्डे खड्का, गुरुकुलका प्राचार्य लक्ष्मीप्रसाद खनाल, समाजसेवी प्रकाश उप्रेती, क्लबका द्वितीय उपाध्यक्ष सरस्वती भूर्तेल खनाल, तृतीय उपाध्यक्ष गोमा मैनाली खड्का, काषोध्यक्ष पुनम उप्रेती घिमिरे, सदस्य निर्जला खनालको उपस्थिति रहेको थियो ।

क्लबकी सचिव शिला भट्टराईले सञ्चालन गरेको कार्यक्रममा झन्डाको अभिवादन लीला खरेलले गरेकी थिइन् ।

Adv footer