२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

युवामा बढ्दै गएको ‘ओभरथिङ्किग’को बानी यसरी हटाउन सकिन्छ


बिर्तामोड, असार १७ । अहिलेको समयमा वयस्कमा भन्दा युवामा धेरै मानसिक समस्या देखिन थालेको छ । यसको कारण ओभरथिङ्किग अर्थात अनावश्यक कुरा धेरै सोंच्नु हो ।

जसलाई कतिपय युवाले आफ्नो बानी नै बनाइसकेका हुन्छन् । आज हामी ओभरथिङ्किग बानीबाट कसरी छुट्कारा पाउन सकिन्छ भनेर बताउनेछौं ।

जब दिमागमा विभिन्न प्रकारका विचार आइरहेका हुन्छन्, तब आफ्ना आँखा बन्द गर्नुहोस् र गहिरो स्वास लिनुहोस् । यसो गर्नाले दिमागमा धेरै अक्सीजन पुग्नेछ र तपाईलाई मानसिक शान्तिको अनुभूति हुनेछ ।

अनावश्यक कुरा मनमा आउँदा आफ्नो ध्यानलाई दोस्रोतर्फ मोड्नुहोस् । तपाईं फिल्म हेर्न सक्नुहुन्छ, खाना पकाउन सक्नुहुन्छ र कुनै राम्रो किताब पढ्न सक्नुहुन्छ । यसले तपाईंको मनमा नकारात्मक तथा अनावश्यक विचार आउने छैनन् ।

कतिपय अवस्थामा हामी सानो सानो कुरालाई आफ्नो मनमा लिने र सोचेर बस्ने गर्छौं । तर, राम्रो मानसिक स्वास्थ्यका लागि केही चिज भुलेर आफूलाई अझ राम्रो बनाउने बारेमा सोंच्नुपर्छ ।

यदी तपाईं कुनै डरको कारणले अनावश्यक कुरा सोचिरहनु हुन्छ भने त्यो डरलाई आफ्नो मनबाट बाहिर निकाल्नुहोस् । किनकि डराएर कुनै पनि चीज परिवर्तन हुँदैन । डराउनुको सट्टा परिस्थितिको सामना गर्न सिक्नुहोस् ।

आफ्नो विचार लेख्नु पनि ओभरथिंङ्किगबाट बच्ने राम्रो उपाय हो । त्यसैले दैनिक केही न केही लेख्ने बानी गर्नुहोस् । यसले तपाईंको मन पनि हल्का हुन्छ ।
–एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer