२०८१ चैत्र २६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा बन्दै अन्तर्राष्ट्रियस्तरको ‘अप्सरादेवी स्विमिङ कम्प्लेक्स’


बिर्तामोड, असार १९ । झापाको बिर्तामोडमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको स्विमिङ पुलको काम आधा सकिएको छ ।

बिर्तामोडस्थित लिटल फ्लावर्स इङलिस स्कुलपरिसरमा निर्माण भइरहेको अप्सरादेवी स्विमिङ कम्प्लेक्स अबको तीन महिनाभित्र तयार हुने विद्यालयका प्रिन्सिपल विशाल क्षेत्रीले जानकारी दिए ।

दुई करोड रुपैयाँको लागतमा बन्दै गरेको स्विमिङ पुलको निर्माण बैशाख ५ गतेदेखि सुरु भएको हो । विद्यालयका विद्यार्थीलाई पौडी प्रतियोगितामा अब्बल बनाउने उद्देश्यसाथ पुलको निर्माण गरिएको प्रिन्सिपल क्षेत्रीले बताए ।

‘प्रत्येक वर्ष कम्तिमा दुईजना विद्यार्थी राष्ट्रिय खेलाडीको रुपमा उत्पादन गर्ने हाम्रो लक्ष्य हो’, प्रिन्सिपल क्षेत्रीले झापा टुडेसँग भने, ‘त्यसकै लागि अन्तर्राष्ट्रिय मापदण्डको स्विमिङ पुल बनाइरहेका छौँ ।’

स्कुलमा रहेको दुईवटा स्विमिङ पुलमध्ये एउटा स्विमिङ पुल ओलम्पिक मापदण्डअनुसार निर्माण हुँदै गरेको प्रिन्सिपल क्षेत्रीले बताए । अर्को भने बालबालिकाको अनुकूलअनुसार निर्माण हुने उनले बताए ।

अन्तर्राष्ट्रिय मापदण्डको भने २५ मिटर लम्बाई र १५ मिटर चौडाईको रहनेछ भने बच्चाले खेलने स्विमिङ पुल भने १५ बाई १२ को रहनेछ ।

स्विमिङ पुल र अत्याधुनिक सुविधा सम्पन्न चेन्जिङ रुपलगायत बनेपछि झापामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न उपयोगी हुने प्रिन्सिपल क्षेत्रीले बताए । स्विमिङ पुलमा एकपटकमा पाँचजनाले प्रतिस्पर्धा गर्न सकिने स्कुलले जनाएको छ ।

Adv footer