२०८१ असार २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बेल्स मोडलमा यो वर्षदेखि कक्षा ११ सञ्चालन


बिर्तामोड, असार १९ । झापाको बिर्तामोड ७ भुसाबाडीमा सञ्चालित बेल्स मोडल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको छ ।

विद्यालयले व्यवस्थापन संकायअन्तर्गत कम्प्युटर साइन्स र बिजनेस स्टडिज अध्यापन गराउने विद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईंले जानकारी दिए ।

स्थानीय तथा त्यस विद्यालयका बिद्यार्थीलाई लक्षित गरेर यस वर्षदेखि कक्षा ११ सुरु गरेको विद्यालयले आगामी वर्षदेखि कक्षा १२ पनि सञ्चालन गर्ने प्रधानाध्यापक प्रसाईंले बताए ।

विद्यालयले विशेषगरी बिर्तामोडबाट दक्षिण भेगमा रहेका विद्यार्थीहरुलाई कक्षा १० पछि सहजताका लागि ११ र १२ कक्षा सञ्चालनमा ल्याएको विद्यालयले जनाएको छ ।

विर्तामोड ७, ८, ९ र १० नम्बर वडामा सुविधासम्पन्न निजी विद्यालयमा कक्षा ११ र १२ नभएका कारण सबै सुविधासम्पन्न उक्त विद्यालयमा न्यूनतम शुल्कमा अध्यापन गराउने जनाएको छ ।

शान्त वातावरणमा सञ्चालित बेल्समा यातायातको सुविधा, डिजिटल कक्षा, सबै कक्षामा इन्टरनेटको सुविधा साथै छात्रवृत्तिको समेत व्यवस्था रहेको विद्यालयका प्रिन्सिपल प्रसाईंले जानकारी दिए ।

हालसम्म कक्षा नर्सरीदेखि १० सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा एक हजार ७५ जना विद्यार्थी रहेका छन् भने शिक्षक र कर्मचारी गरेर ७० जना रहेको जनाइएको छ ।

हाल कक्षा ११ को व्यवस्थापन संकाय अन्तरगत कम्प्युटर साइन्स र बिजनेस स्टडिजमा धमाधम भर्ना भइरहेको विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer