२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अरिदमन गणमा स्वास्थ्य शिविर


बिर्तामोड, असार १९ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणमा स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

गणमा रहेका अधिकृत तथा जवानहरुको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यसाथ शिविर सञ्चालन गरिएको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए ।

शिविरमा अधिकृत तथा जवानहरुको आँखा जाँच गर्नुको साथै नाक, कान तथा घाँटी रोग विशेषज्ञ डक्टर रणधीर राजवंशीले स्वास्थ्य जाँच गरेका थिए ।

आँखा जाँचका लागि मेची आँखा अस्पताल सैनिकमोडले प्राविधिक सहयोग गरेको बस्न्यातले बताए । शिविरबाट २४२ जनाले लाभ लिएका थिए ।

यसैबीच, गणले आगामी दिनमा झापाका दुर्गम स्थानहरुको पहिचान गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने प्रमुख सेनानी बस्न्यातले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer