२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड पूर्ण खोप सुनिश्चित घोषणा


बिर्तामोड, असार १९ । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार २०८१ असार १७ गतेसम्ममा ८ हजार २५१ जना बालबालिकालाई सबै प्रकारका खोपहरु लगाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

तथ्याङ्कअनुसार खोप लगाउन छुटेका ५२ जनालाई खोजेर लगाएको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत दिपक सापकोटाले जानकारी दिए ।

पालिकाका १० वटै वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख राजीवकृष्ण विष्टले बताए ।

स्वास्थ्य शाखाद्वारा आयोजित पूर्ण खोप सुनिश्चित पालिका घोषणा प्रतिबद्धतापत्रमा नगर प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडालगायत वडा अध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारीहरुले हस्ताक्षर गरेका छन् ।

बिर्तामोड नगरपालिकाले यसअघि धर्म, जातजाति, जनसंख्या र स्वास्थ्य क्षेत्रको सम्पूर्ण तथ्यांकसहितको ‘स्वास्थ्य पाश्र्वचित्र’ पुस्तक समेत सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer