२०८१ असार २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

देवी माविमा प्रदेशकै ठुलो ल्याबसहित होटल म्यानेजमेन्ट पढाइ हुने


बिर्तामोड, असार २० । बिर्तामोडको देवी माविमा यही शैक्षिकसत्रदेखि होटल म्यानेजमेन्ट सम्बन्धि पढाइ हुने भएको छ । विद्यालयले आफ्नै स्रोतबाट कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट सुरु गर्न लागेको हो। शिक्षक प्रतिनिधि उमेश शाहका अनुसार विद्यार्थीहरुले होटल म्यानेजमेन्टसँगै पर्यटन र पर्वतारोहण विषयको पनि पढाइ हुनेछ ।

देवी माविले कोशी प्रदेशकै ठुलो होटल म्यानेजमेन्टको ल्याव स्थापना गरेको दावी गरेको छ । निजी र सामुदायिक विद्यालयहरुमध्येकै ठुलो किचन ल्यावमा अभ्यास गर्दै पढाइ हुने यस विद्यालयमा बुधबारसम्म २० जना विद्यार्थी भर्ना भइसकेका शिक्षक शाहले जानकारी दिए ।

सामुदायिक विद्यालयमा स्थापित देवी माविले होटल म्यानेजमेन्ट तर्फ कोशी प्रदेशकै सबैभन्दा धेरै क्षमता भएको विद्यालयको रुपमा दावी गरेको छ । निजी र सामुदायिक विद्यालयहरुमध्ये सबैभन्दा धेरै विद्यार्थी पठनपाठन गर्न सक्छौं, शाहले भने – कक्षा ११–१२ मा १६०/१६० विद्यार्थीले पठनपाठन गर्न सक्नेछन् । यति धेरै विद्यार्थी पढ्न पाउने विद्यालय कोशी प्रदेश मै देवी मावि मात्र हुनेछ, उनले थपे ।

होटल म्यानेजमेन्ट सञ्चालनको अन्तिम तयारीमा रहेको देवी माविले विद्यार्थी भर्ना खुलाइसकेको छ । धमाधम किचन, बार र कोठाहरु तयार गर्ने काम भइरहेको बताइएको । एउटै किचन ल्यावमा २० जना विद्यार्थीले अभ्यास गर्न पाउने छन् ।

विद्यार्थीलाई सीपमुलक शिक्षा आवश्यक भएकाले अभिभावकहरुको प्राविधिक शिक्षाको माग बढेपछि देवी माविले गत पुस १९ गते सम्पन्न वार्षिकोत्सवमा होटल म्यानेजमेन्ट पठनपाठन गर्ने घोषणा गरिएको थियो । सोही घोषणा बमोजिम बिर्तामोड नगरपालिकासँग विषय थपको अनुमति पाएपछि विद्यालयले होटल म्यानेजमेन्ट सुरु गरेको हो । नगरपालिकाले साढे ६ लाख रुपैंयाँ पुस्तकालय निर्माणमा सहयोग गरेको छ ।

कक्षा ११÷१२ का संयोजक समेत रहेका शाहका अनुसार कक्षा ११ र १२ अध्ययन गर्नका लागि ४०÷४० हजार लाग्नेछ । जम्मा ८० हजार लगानी गर्दा ११÷१२ मा होटल म्यानेजमेन्ट अध्ययन गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer