२०८१ असार २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

नगरप्रमुख गोम्देनको पहलमा ३०० परिवारको निःशुल्क स्वास्थ्य बीमा


बिर्तामोड, असार २० । अर्जुनधारा नगरपालिकाले विपन्न आर्थिक अवस्थाका तीन सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

नगरप्रमुख बलदेवसिंह गोम्देनको पहलमा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको हो । गोम्देनको अनुरोधमा विभिन्न दाताहरुले २०० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्न तयार रहेको जानकारी उनले दिए ।

‘इच वान हेल्प वान’ अभियानअन्तर्गत नगरले २०० परिवारलाई बीमा शुल्कबापतको ३ हजार ५०० रुपैयाँ प्रतिपरिवारको दरले उपलब्ध गराउने सहमति गरिएको उनले बताए ।

गोम्देन आफैँले दिवंगत मातापिताको स्मरणमा १०० परिवारको बीमा गरिदिने घोषणा गरेको जानकारी उनले दिए ।

आधारभूत स्वास्थ्य सेवाबाट नगरका कुनै नागरिक बञ्चित हुनु हुँँदैन भन्दै गोम्देनले सहयोगी दाताहरुसँग सहकार्य गरेर नगरका अझ धेरै विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने वातावरण बनाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer