२०८१ असार २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको महिला फुटबल टिमको विदाई


बिर्तामोड, असार २० । झापा जिल्ला खेलकुद विकास समितिले प्रदेशस्तरीय फुटबल प्रतियोगिता खेल्न जाने महिला खेलाडीको विदाइ गरेको छ ।

झापाको कनकाईस्थित कनकाई माविको खेल मैदानमा आज एक कार्यक्रमका बीच समितिले झापाको महिला फुटबल टिमको विदाई गरेको हो ।

आजबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी खेल मैदानमा सुरु भएको प्रतियोगिताका लागि सन्त रायमाझीको प्रशिक्षणमा झापाको महिला टिम तयार गरिएको छ ।

समितिका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षता तथा झापा जिल्ला कुस्ती संघका अध्यक्ष बद्री महतको प्रमुख आतिथ्यतामा खेलाडीको विदाई गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि महत, समितिका अध्यक्ष भण्डारी, कार्यालय प्रमुख विष्णु नेम्वाङ, नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेलले जितका लागि अग्रिम शुभकामना दिएका थिए ।

प्रतियोगितामा बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही तीन हजार ट्रफी प्रदान गरिनेछ ।

बेस्ट प्लेयर अफ द टुर्नामेन्ट र उच्च गोलकर्तालाई जनही पाँच हजारसहित ट्रफी प्रदान गरिनेछ ।प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

झापाले तेह्रथुम र संखुवासभाबीचको विजेतासँग असार २२ गते पहिलो खेल खेल्नेछ । प्रतियोगिताको फाइनल खेल असार २४ गते हुनेछ ।

टिम झापा
खुस्मा राई (कप्तान), सुस्मिता चौधरी, सुशीला चौधरी, सिम्रन राई, नेहा चौधरी, गंगा राई, सञ्जु राई, मनिता तुम्रोक, ईश्वरी राई, अनिता लम्जेल, ममता राउत, जेनिफर राना मगर, वर्षा मगर, रेणु लिम्बू, जशोदा लिम्बू, रञ्जु राजवंशी । अनिता राई (व्यवस्थापक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer