२०८१ असार २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

रसायनिक मल हटाउन कमलमा प्राङ्गरिक मल कारखाना


बिर्तामोड, असार २१ । झापाको कमलमा कोशी प्रदेश सरकारले रसायनिक मलको प्रतिस्थापनका लागि अर्गानिक मल उत्पादन सुरु गरेको छ ।

मल खरिदमा करोडौँ रुपैयाँ विदेश जाने गरेकोले त्यसलाई न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट ३० लाख रुपैयाँको लागतमा कमल गाउँपलिकामा अर्गानिक मल उत्पादन सुरु गरेको हो ।

वर्षैभरि रसायनिक मल अभावले कृषकका गुनासा आउने भएकाले सम्बोधन गर्न प्रदेश सरकारले काम थालेको हो । आर्गानिक मल उत्पादनका लागि कमल गाउँपालिकामा प्रदेश सरकारको अनुदानमा भवन निर्माण पनि भइरहको छ ।

गोबर मल, मलिलो माटो, बेसन, सख्खर र गाईभैँसीको पिसाब प्रयोग गरेर जैविक युरियालाई युरिया मलजस्तै प्रयोग गर्न सकिने कृषि प्रविधिक बताउँछन् ।

प्रदेश सरकरको लगानीमा सञ्चालनमा आएको कारखानाले कञ्चन कोना, कमल निमास्त्र कमल झोल मल, कमल प्राङ्गरिक मल समेत उत्पादन गर्ने गरेको छ ।

भनेको समयमा रसायनिक मल प्राप्त गर्न नसकेका कृषकलाई आफ्नै पालिकामा उत्पदान भएको मल प्रयोग गर्न पाएकोमा कृषक शम्भु भट्टराईले खुसी व्यक्त गरे । उनले धान र तरकारी बालीमा आर्गानिक मल प्रयोग गरेको बताए ।

प्रदेश सरकारको लगानीमा सुरु भएको कारखानाले उत्पादन गरेको मलले माटोको उर्वरा शक्ति बढाउनुका साथै बिरुवाको रोग प्रतिरोधात्मक क्षमता वद्धि गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer