२०८१ असार २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

दमक दौडको उपाधि नरेन्द्रसिंह र राज्यलक्ष्मीलाई


बिर्तामोड, असार २१ । खेलकुद र युवालाई प्रोत्सहान गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यसाथ दमकमा भएको सडक दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम र कर्णाली प्रदेशका खेलाडीले जितेका छन् ।

दमकमा आज भएको १० किलोमिटर दौडमा पुरुषतर्फ बैतडीका नरेन्द्रसिंह रावल र महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावल प्रथम भए ।

नरेन्द्रसिंहले ३१ मिनेट ३०ः२४ सेकेन्डमा र राज्यलक्ष्मीले ३९ मिनेट ४६ः८४ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । उनीहरुले नगद ५० हजार र मेडल प्राप्त गरे ।

त्यस्तै, पुरुषतर्फ बझाङका करण रावल दोस्रो, ओखलढुंगाका मिंगमार तामाङ तेस्रो भए । महिलातर्फ भोजपुर विनिता राई र जुही राई क्रमशः दोस्रो र तेस्रो भए । उनीहरुले क्रमशः नगद २५ हजार र १५ हजार तथा मेडल पाए ।

पाँच किलोमिटर सडक दौड पुरुषतर्फ दमकका सरोज सिंह र दमककै सुनकला राई प्रथम भए । उनीहरुले नगद १५ हजार र मेडल प्राप्त गरे ।

त्यस्तै, पुरुषतर्फ ओसन राई दोस्रो र पवनकुमार शाह तेस्रो भए । महिलातर्फ दमकका नुसा लिम्बू दास्रो र समीक्षा दर्जी परियार तेस्रो भए । उनीहरुले नगद १० हजार र पाँच हजार तथा मेडल पाए ।

मानवहित संरक्षण मञ्चको आयोजना तथा अखिल नेपाल खेलकुद महासंघको सहआयोजनामा भएको दौडमा महिला र पुरुष गरेर ५२३ जनाको सहभागी थिए ।

दौडका लागि कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक सहयोग गरेको थियो । विजेतालाई कोशी प्रदेशका पूर्वमन्त्री इन्द्र आङबोलगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer