२०८१ असोज १९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा ‘नयाँ प्रविधिको माध्यमबाट पत्रकारिता’ प्रशिक्षण सुरु


बिर्तामोड, असार २२ । झापाको बिर्तामोडमा नयाँ प्रविधिको माध्यमबाट पत्रकारिता विषयक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

बिर्तामोडमा आज एक कार्यक्रमका बीच प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे । प्रशक्षिणको आयोजना प्रेस काउन्सिल नेपाल र संयोजन नारी सञ्चार गृह झापाले गरेको हो ।

प्रशिक्षणअघि काउन्सिल अध्यक्ष बस्नेत, नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापतिहरु माधव विद्रोही, कृष्ण हुमागाईं लगायतले शुभकामना व्यक्त गरे ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा गृहकी पूर्वअध्यक्ष भीमा शिवाकोटीले स्वागत गरेकी थिइन् । कार्यक्रम काउन्सिल सदस्य गणेश पोखरेलको अध्यक्षतामा भएको थियो ।

झापा, मोरङ, इलाम, पाँचथर, सुनसरी जिल्लाका सञ्चारकर्मी सहभागी प्रशिक्षणको पहिलो दिनको सहजीकरण सञ्चारकर्मी लीला भट्टराई, नसना बज्राचार्यले गरेका थिए । प्रशिक्षण भोलिसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer